काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा ९ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, भृकुटी स्टक ब्रोकिङ कम्पनी, सनि सेक्युरिटिज, श्रीहरि सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरमा भने डायनामिक मनि म्यानेजर्स रहेको छ । उत्त, ब्रोकरबाट आज मात्रै २ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ८८.७७ प्रतिशत सेयर खरिद भएको छ भने ११.२३ प्रतिशत सेयर बिक्री भएको छ ।


