काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
सोमबारको तुलनामा सुनको भाउ घटेर मंगलबार प्रतितोला २ लाख ३८ हजार ३०० कायम भएको हो । यो भनेको अघिल्लो दिनको तुलनामा १ हजार ४०० ले मूल्य घटेको हो ।
सोमबार भने बजारमा सुनको भाउ २ लाख ३९ हजार ७०० प्रति तोलामा कारोबार भएको थियो ।
सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेर ३ हजार १५ कायम भएको हो ।
अन्तराष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउमा सामान्य गिरावट आएका कारण त्यसकै प्रभाव नेपाली बजारमा पनि परेको हो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                