काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । एशियन लाइफ इन्स्योरेनसको ४२ प्रतिशत र नेपाल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ ।
एशियन लाइफको १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता र नेपाल इन्स्योरेन्सको ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
योसँगै एशियन लाइफको सूचीकृत सेयर संख्या ५ करोड ११ हजार ५९३ पुगेको छ भने नेपाल इन्स्योरेन्सको २ करोड ५४ लाख ८५ हजार ७५१ कित्ता पुगेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                