काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ५ अर्ब १५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, नेपाल स्टक हाउस र आर्यतार इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज कम्पनी रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट ६६ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । जसमा ५०.८३ प्रतिशत सेयर खरिद र ४९.१७ प्रतिशत सेयर बिक्री भएको छ ।


