काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो मुनाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३७.९६ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ३९ लाख रुपैयाँमात्रै नाफा कमाएको थियो ।
कम्पनीको सो अवधिसम्म विद्युत बिक्री आम्दानीमा सुधार देखिदा नाफा बढ्न पुगेको हो । कम्पनीले बिद्युत बिक्रीमार्फत सो अवधिसम्म १४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो आम्दानी अघिल्लो आवको सोही अवधिसम्मको तुलनामा ३.७८ प्रतिशत बढी हो ।
त्यस्तै, कम्पनीको सो अवधिसम्म प्रतिसेयर आम्दानी (इपीएस)४.३९ रुपैयाँबाट बढेर ६.०६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ९५.३८ रुपैयाँ, रिटर्न अन एसेस्ट (आरओए) १.९२ प्रतिशत रहेको छ ।

