सोमबार, श्रावण १८,२०८३ 01:08:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:08:06
Bizshala
Global IME Bank Limited

कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको निर्देशन पुनरावलोकनका लागि सेबोनले अर्थलाई पत्र लेख्ने

कर्मचारी कल्याणकोष र सुरक्षणकोष खारेजीको निर्देशन पुनरावलोकनका लागि सेबोनले अर्थलाई पत्र लेख्ने
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को सञ्चालक समितिको बैठकले कर्मचारी कल्याणकोष र सुरक्षणकोष कानूनसम्मत रहेको तर्क गर्दै पूर्व निर्देशनमा पुनर्विचार गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।  

सेबोनको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले यसअघि गठित कार्यदलको प्रतिवेदनको आधारमा रही वर्षौदेखि त्यहाँ अस्तित्वमा रहेको कर्मचारी कल्याणकोष र सुरक्षणकोष कानूनसम्मत नै देखिएको र कतै कुनै रिक्तता भए त्यसलाई आवश्यक प्रक्रिया पुर्याएर अगाडि बढ्न सकिने भन्दै अर्थमन्त्रालयलाई असोज २ गतेको लिखित निर्देशनको विषयमा पुनरावलोकन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

सेबोनका सञ्चालक विनोदकुमार भट्टराई संयोजकत्वमा गठित कार्यदलले केही अन्तराष्टिय अभ्यासहरुलाई समेत केलाएर त्यहाँ अस्तित्वमा रहेको कल्याणकोष र सुरक्षणकोष कानूनसम्मत नै देखिएको र कतै कानूनी अस्पष्टता भए त्यसलाई स्पष्ट पारेर अगाडि बढ्न सकिने आशयको प्रतिवेदनसहित सिफारिस गरेको थियो । सोही आधारमा सेबोनले पुनरावलोकनका लागि पत्र लेख्ने निर्णय गरेको हो ।  

असोज २ गते अर्थमन्त्रीको ठाडो निर्देशनमा तत्कालीन राजश्व सचिवले सेबोनमा अस्तित्वमा रहेको कर्मचारी सुरक्षणकोष र कल्याणकोष गैरकानूनी रहेकोले ती दुवै कोष खारेज गर्न र सो कोषबाट सेवासुविधा लिने कर्मचारीहरुले पनि एकमुष्ट बुझेको वा लिएको सेवासुविधा असूल उपर गर्न निर्देशन दिएको थियो । यो निर्देशनको विरोधमा सेबोनका कर्मचारीहरुले कामकाज ठप्प पारी ४८ दिनसम्म आन्दोलन गरेका थिए । 

सेबोनमा तनाव उत्पन्न गराउन र पूँजीबजारको प्रमुख नियामकलाई अस्तव्यस्त पार्ने उद्देश्यले अर्थमन्त्रीकै निर्देशनमा यी सबै काम भएका थिए । यसको प्रमुख उद्देश्य नै सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई अप्ठ्यारो पारेर राजीनामाका लागि बाध्य पार्ने थियो । तर, अध्यक्ष श्रेष्ठले अर्थमन्त्री र उनी जोडिएको स्वार्थ समूहको प्रहारको निरन्तर प्रतिवाद गरेपछि योजना सफल हुन सकेन । अन्ततः अर्थमन्त्रीले खेलेको खेलका कारण उनी आफैं तीव्र आलोचनामा परे । पूँजीबजार अस्तव्यस्त बनाएको विषयमा चौतर्फी विरोध भयो । फलस्वरुप पुनः अर्थमन्त्रीकै निर्देशनमा कर्मचारी आन्दोलनलाई मत्थर पार्ने काम भयो र समिति गठन गरियो ।  

कर्मचारीहरुले पनि समितिले चाँडै आफ्नो सुझाव दिएर सेबोनको बोर्डले असोज २ गतेको निर्देशन पुनरावलोकनका लागि अर्थमन्त्रालयलाई लिखित अनुरोध गर्नुपर्ने माग गरेका थिए । सो माग कात्तिकभित्र पूरा नभए मंसिर १ गतेदेखि पुनः आन्दोलन थाल्ने उनीहरुको चेतावनी थियो ।  

कर्मचारीको मागअनुसार नै सेबोनको बोर्ड बैठकले निर्णय गरेपछि अब सम्भावित आन्दोलन नहुने भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.