सोमबार, मंसिर २९,२०८२ 01:48:10
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 01:48:10
Bizshala
Global IME Bank Limited
Bizshala

ग्राउण्ड जिरोः लगानीकर्तामा घट्दो बजारबारे बहस, भन्छन् ‘सेयरबजारबाट कमाएर पैसा बोक्नै पाइएन’

Hyundai Nepal
ग्राउण्ड जिरोः लगानीकर्तामा घट्दो बजारबारे बहस, भन्छन् ‘सेयरबजारबाट कमाएर पैसा बोक्नै पाइएन’
Shivam Cement

काठमाण्डौ । हरेक साताको आइतबार हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ पस्किदै आएका छौं । आजपनि सोही स्तम्भलाई निरन्तरता दिने क्रममा विभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ता तथा ब्रोकर कर्मचारीहरुको विचार बुझ्ने प्रयास गरेका छौं ।

आज हामीले घट्टेकुलो र अनामनगर आसपासका केही ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोसिस गरेका छौं ।

प्रायः बाक्लो उपस्थिति देखिने ब्रोकर हाउसहरु पनि आज सामान्य उपस्थिति देखिन्थ्यो । लगानीकर्ताहरुमा आज अरुबेला जस्तो उत्साहपन देखिदैनथ्यो । अस्थिर राजनीतिक अवस्थाले प्रतिकुल असर पारेको सेयरबजार चुनावको माहोल राम्रो नबन्दा लगानीकर्ताहरमा सेयर कारोबार गर्न आत्मविश्वास बढ्न नसकेको जस्तो देखिन्थ्यो । ब्रोकर हाउसहरुमा लगानीकर्ताहरुले सेयरबजारमा लाभांशका कुरासँगै राजनीतिक विषयमा बहस गरेका थिए ।

सुरुमा हामी न्युप्लाजामा रहेको दिव्या सेक्युरिटिज (ब्रोकर नं.५९) गएका थियौं तर उक्त ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति शुन्य देखेपछि हामी उक्त ब्रोकर हाउसमा बसेर निस्कियौं । त्यसपछि हामी बागबजारमा रहेको अनलाइन सेक्युरिटिज (ब्रोकर नं.४९) गयौं । उक्त ब्रोकरमा दुईजना लगानीकर्ता मात्रै थिए । उनीहरु आ–आफ्नै मोबाइलमा व्यस्त देखिन्थे । दुईजना मात्रै भएकाले एकआपसमा भलाकुसारी नदेखिएकाले लगभग ५–६ मिनेटको बसाईपछि हामी त्यहाँबाट निस्कियौं

भिजन सेक्युरिटिजः माइक्रोफाइनान्स र लाभांशका कुरा

सर्वप्रथम हामी अनामनगरस्थित भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४) पुग्यौ । लगानीकर्ताहरुको उपस्थिति बाक्लै थियो । नेप्से परिसूचक सामान्य अंकले घटेको थियो । केही लगानीकर्ताहरु आ–आफ्नै मोबाइल चलाउन व्यस्त देखिन्थे भने केही एकआपसमा गफिन व्यस्त देखिन्थे ।  

एकजना लगानीकर्ता भने लक्ष्मी लघुवित्तले लाभांश नदिने भयो भन्दै गुनासो पोख्दै थिए । उनलाई अर्का लगानीकर्ताले सुझाव दिदै भने, ‘माइक्रोफाइनान्समा पनि लाभांश दिन सक्ने खालका कम्पनी छान्न जान्नुपर्छ । बरु जीवन विकास लघुवित्तले १४ प्रतिशत लाभांश दिन लागेको छ, यो कम्पनीको सेयर उठाए पनि हुन्छ नभए साना किसान विकास लघुवित्तको पनि एउटै लाभांश हो कम्पनीको व्यवसायहरु हेर्दा पनि एकै जस्तो देखिन्छ ।’

एकछिनपछि अर्काे लगानीकर्ताले विकास बैंक र फाइनान्सहरुको नाफा घटेको कुरा अन्य लगानीकर्तालाई सुनाउँदै भने, ‘विकास बैंक र फाइनान्सहरुको नाफा धेरै घटेको रहेछ त साथीहरु यस्ता खालका समाचारले त बजारलाई धेरै नै प्रभाव पार्छन् ।’

उनको कुरालाई खण्डन गर्दै यसअघि माइक्रोफाइनान्सको कुरा गरेका लगानीकर्ताले भने, ‘यस्ता खालका ब्याड न्युजले मार्केटलाई तल झार्न झन मद्दत गर्छ, बरु अहिलेको लागि त माइक्रोफाइनान्स नै उपयुक्त देखिन्छ, लाभांश पनि राम्रै दिइरहेको छ र सेयरभाउ पनि ह्वात्तै घट्ला भन्ने पिर छैन, मैले देखेको अहिले साना किसान विकास लघुवित्त उपयुक्त हो, जुन फाल्न मिल्ने खालको सेयर पनि हो ।’

अर्को एकजना लगानीकर्ताले भने सिनर्जी पावर डेभलपमेन्ट कम्पनी र राधी विद्युत कम्पनीमा लगानी गर्दा फसेको कुरा सुनाए । ‘हाइड्रोमा लगानी गर्दा धेरै रिस्क हुने रहेछ, मैले एसपीडीएल र राधीमा लगानी गरेको धेरै घाटा लाग्यो नि’ उनले भने, ‘नेपालमा केही गरेर पनि बस्न नसकिने भइयो, न राम्रो रोजगार नै छ न त सेयरबजारमा लगानी गर्ने राम्रो वातावरण नै ।’

CG Motors
Garima Development Bank
IME remit

आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजः ‘सेयरबजारबाट कमाएर पैसा बोक्नै पाइएन’

दोस्रोमा हामी अनामनगरमा रहेको आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नं.५७)मा पुग्यौं । उक्त ब्रोकरहाउसमा दुईचारजना लगानीकर्ता मात्रै उपस्थित थिए ।

सबैजना लगानीकर्ताहरु एकआपसमा कृषि सम्बन्धी विषयमा गफ गरिरहेका थिए । एकजना महिला लगानीकर्ताले अचेल मानिसहरु खेतीपाती गर्न छाडिसकेको कुरा सुनाउँदै थिइन् ।

त्यतिकैमा उनले आफ्नो आँखा स्क्रिन बोर्डतर्फ लगिन् र भनिन्, ‘बजार त चलेको छैन त के भएर पुरै न्युट्रल बसिराको छ त ।’ उनको कुरालाई मजाकमा उडाउँदै अर्का लगानीकर्ताले भने, ‘अब जुन स्क्रिप्ट हेरेपनि रातो रङले पोतिएको छ, रातोले धेरै तातो भएर बजार नचलेको होला नि !’

एकछिनपछि दुईजना महिला लगानीकर्ताको प्रवेश भयो । ती महिला लगानीकर्ताहरुमध्ये एकजनाले स्क्रिन बोर्डतर्फ हेर्दै भनिन्’ ‘आजपनि बजार तल नै गयो बजारबाट टन्न कमाउला भन्ने सोचेर आएको पैसा कहिल्यै बोक्न नपाउने भैयो ।’

उनको कुरापछि उनीसँगै आएकी अर्की महिला लगानीकर्ताले भनिन्, ‘त्यहि त यो सुनको भाउ भने बढेको बढ्यै छ, सेयरबजार चाँहि के भएको यस्तो घटेको घट्यै बढ्नै जानेन । जति गरेपनि ब्रोकर कम्पनीहरुलाई ठिक छ उनीहरुले त जसरी पनि कमाएकै छन्, घाटा ब्यहोर्ने भनेको हामी लगानीकर्ता नै हो ।’

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

इम्पेरियल सेक्युरिटिजः ‘सेयरबजारसँग सम्बन्धित गफ गर्न अब असारमा मात्रै आउनुस्’

तेस्रोमा हामी अनामनगरमै रहेको इम्पेरियल सेक्युरिटिज (ब्रोकर नं. ४५) पुग्यौं । उक्त ब्रोकर हाउसमा भने लगानीकर्ताको उपस्थिति बाक्लै देखिन्थ्यो । लगानीकर्ताहरु सँधैझै राजनीतिक विषयमा बहस गरिरहेका थिए ।

पछिल्लो समयको राजनीतिक अवस्थाका विषयमा र चुनावी माहोलको विषयमा लगानीकर्ताहरु एकआपसमा गफिदै थिए । मोबाइलमा राजनीति विषयसँग सम्बन्धीत भिडियो हेदै त्यससँग सम्बन्धित विषयमा छलफल गर्दै थिए ।

एकछिनपछि एकजना लगानीकर्ताले स्क्रिन बोर्डतर्फ आँखा लगाउँदै बजार तल भरेको कुरा सुनाए । लगानीकर्ताहरु अबको चुनावमा को–को आउला भन्ने जिज्ञासाका कुरामा गफिदै थिए । केपी ओली, महेश बस्नेत र गोकलु बास्कोटा जस्ता नेताहरुको विषयमा बढी गफ भइरहेको थियो ।

साथै नेपाली कांग्रेसबाट भने शेखर कोइराला आउन सक्ने अनुमान एकजना लगानीकर्ताले व्यक्त गरे । एकछिनपछि अर्को लगानीकर्ता निस्किँदै भने, ‘म त जान्छु, जहिल्यै राजनीतिक कुरा मात्रै हुन्छ, साथीहरुको । सेयरबजारसँग सम्बन्धित कुराहरु गरे पो बस्न मन लाग्छ, राजनीकित विषयमा मलाई कुनै रुची नै छैन ।’

उनको कुरालाई व्यङ्ग्य गर्दै अर्को लगानीकर्ताले भने, ‘ए त्यसो भए र अब तपाई एकैचोटी असार साउनतिर आउनुहोस् । अहिलेको राजनीतिक अवस्था के कस्तो छ, त्यो त जसलाई पनि जिज्ञासा भइहाल्छ नि तपाई अब सेयरबजारको मात्रै कुरा सुन्ने हो भने त त्यहि असारतिर आउनुहोस् ।’

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X