काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले साधारण सभा डाकेको छ । बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ३० औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा पुस २४ गते काठमाण्डौमा अवस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल १० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै बैंकको वर्तमान जारी पूँजी २१ अर्ब ३६ करोड ६७ लाखलाई वृद्धि गरि २२ अर्ब २८ करोड ५० लाख पुर्याउने विशेष प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वित्तीय विवरणहरु पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले पुस ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।

