रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
काठमाण्डौ । अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
उच्च अदालत बुटवलले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । यस्तै उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ ।
रबिलाई रिहा गर्न ५ वटा शर्त राखिएको छ। जसमा यसअघिको धरौटी स्वीकार गर्ने, बिगो बापत बैंक जमानत सुरक्षित गर्ने, विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने लगायत छन्। उनले अदालतको अनुमति लिएर विदेश जान सक्ने छन् ।
लामिछाने गत भदौ २४ गते भएको जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट बाहिर निस्किएर पुनः कारागार फर्केका थिए।
उनी सहकारीको रकम अपलचन मुद्दामा पुर्पक्षका लागि नख्खु कारागारमा छन्।

