काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड(एलआईसी)का सञ्चालक अशोक कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी विशाल ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

