काठमाण्डौ । फागुन २१ गतेको आम निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाएर सबै चुनावमा होमिएको सन्देश दिएसँगै सेयर लगानीकर्ताहरुले पनि राजनीति सुरु गरेका छन् ।
सेयर लगानीकर्ताहरुको एउटा समूह मंगलबार काठमाण्डौको कमलपोखरीमा भेला भएर विभिन्न १७ बुँदे माग प्रस्तुत गर्दै आफ्ना मागहरुलाई सम्बोधन गर्ने जसले प्रतिबद्धता व्यक्त गर्छ, त्यही दललाई सहयोग गर्ने उद्घोष समेत गरेका छन् ।
बजारमा हाल करिब ७० लाख सेयर लगानीकर्ता रहेका विश्वास गरिन्छ । एउटा समूहले काठमाण्डौमा भेला गरी ७० लाख लगानीकर्ताहरुको प्रतिनिधित्व आफूले गर्ने दाबीसहित १७ बुँदे माग प्रस्तुत गरेको हो ।
'जुन पार्टीले हाम्रा मुद्दाहरुलाई सम्बोधन गर्ने लिखित प्रतिबद्धता व्यक्त गरी निर्वाचनपछि बस्ने मन्त्रिपरिषदको पहिलो बैठकबाट अनुमोदन गराउने प्रत्याभूति दिन्छ, हामी त्यही पार्टीलाई मत दिन आह्वान गरी प्रचारात्मक अभियानमा आर्थिक तथा भौतिक सहभागिता जनाउँछौ । हामी अहिले राजनीतिक दलहरुलाई भन्छौं कि हाम्रो मुद्दाको झोला तपाईहरु बोक्नुस्, त्यसको बदला हामी तपाईँको झण्डा बोक्छौं । तर धोका नि पाइन्न ।'-लगानीकर्ताहरुले भनेका छन्।
उनीहरुले सेयर बजारसँग सम्बन्धित विभिन्न १७ वटा माग समेत प्रस्तुत गरेका छन् र ती मागहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता दलहरुबाट आह्वान गरेका छन् ।
लगानीकर्ताले प्रस्तुत गरेका माग यस्ता छन्:







