काठमाण्डौ । मर्जरमा जान लागेका समृद्धि फाइनान्स र पोखरा फाइनान्सले वार्षिक साधारण सभा आह्वान गरेका छन् । पुस २० गते बसेको दुवै संस्थाका सञ्चालक समितिको बैठकले साधारण सभा डाकेका हुन् ।
दुवै संस्थाको साधारण सभा माघ १४ गते बिहान ११ बजेबाट सुरु हुनेछ । समृद्धि फाइनान्सको २४ औं साधारण सभा मकवानपुरको हेटौडामा रहेको होटल एभोकाडोमा र पोखरा फाइनान्सको २८ औं र २९ औं साधारण सभा पोखरामा रहेको दरबारथोक ब्याङ्क्वेटमा आयोजना हुनेछ ।
दुवै संस्थाको सभामा गत आवको वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।
यस्तै सभाबाट मर्जरमा जाने विशेष प्रस्ताव समेत पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि दुवै संस्थाले पुस ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेका छन् ।
समृद्धि फाइनान्स र पोखरा फाइनान्स लिमिटेड १ः१ सेयर स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । दुवै संस्थाबीच गत साउन ४ गते मर्जर प्रयोजनका लागि समझदारीपत्र सम्पन्न भएको थियो।

