Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

६ महादेश,२७ देश र ३० हजार किमी यात्रा !,ईभी कारमा विश्व यात्रा गर्दै यी महिलाले बनाईन् विश्व किर्तिमान

Global IME Bank Limited
६ महादेश,२७ देश र ३० हजार किमी यात्रा !,ईभी कारमा विश्व यात्रा गर्दै यी महिलाले बनाईन् विश्व किर्तिमान
Nabil Bank Limited

काठमाण्डौ । इलेक्ट्रिक कारका बारेमा आम मानिसहरुले सबैभन्दा धेरै सोध्ने प्रश्न यसको रेञ्जको बारेमा हो । आम मानिसहरुमा ईभी कारमा लामो यात्रा गर्न सजिलो हुँदैन भन्ने धारणा रहेको हुन्छ ।  

चार्जिङको व्यवस्था सबै ठाउँमा नभएको अवस्थामा नेपालजस्तो देशमा ईभी कार लिएर लामो यात्रा गर्नु चुनौतिपूर्ण हुन सक्छ । तर यदि सबै कुरा योजना अनुरुप गरियो भने सबै कुरा सम्भव हुन सक्छ । यको ज्वलन्त उदाहरण लेक्सी अल्फोर्ड बनेकी छिन् ।  

लेक्सी लिमिटलेसको नामबाट चर्चित ब्लगर तथा सहासीयात्री लेक्सी अल्फोर्डले ईभी कारमा ६ वटा महादेशका २७ देशको ३० हजार किलोमिटर यात्रा गरेर विश्व किर्तिमान बनाएकी छन् । लेक्सी ईभी कारमा विश्व भ्रमण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । यतिमात्रै नभएर उनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता भएको छ । सन् २०१९ मा उनले केवल २१ वर्षको उमेरमा १९५ वटा देशको यात्रा गरेर आफ्नो नाम गिनिज बुकमा दर्ता गराएकी थिइन् ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसपटक एड्भेन्चरर लेक्सीले यूरोपेली ग्राहकहरुका लागि डिजाइन गरिएको नयाँ ‘अल इलेक्ट्रिक फोर्ड एक्सप्लोलर’ इलेक्ट्रिक कारमा विश्वको चक्कर लगाएकी छन् । लेक्सी यो यात्राको क्रममा ईभी कारमा ६ वटा महादेश पार गर्दै २७ देशहरु भएर ३० हजार किलोमिटरभन्दा बढीको दुरी एक्लै पार गरेकी हुन् ।  

उनले अफ्रिका महादेशमा विद्युतको अभाव,चिलीको अटाकामा मरभुमीमा चार्जिङ पूर्वाधारको अभाव,कच्ची सडक पहाड र अत्यधिक चिसो जस्ता कठिनाईहरुको सामना गर्दै यो उपलब्धी हासिल गरेकी हुन् ।  

उनले आफ्नो यात्राका क्रममा फोर्ड एक्सप्लोलर ईभी कार प्रयोग गरेकी थिइन् । जुन एउटा प्रि–प्रोडक्सन मोडल हो । यो कार युरोपेली बजारका लागि निर्माण गरिएको कार हो । युरोपमा विकास गरिएको फोर्डको पहिलो प्यासेन्जर कारमा जर्मन इन्जिनियररिङ, अमेरिकी स्टाइल र उत्तम स्ट्याण्डर्ड स्पेसिफिकेशन रहेको छ । कम्पनीले यो कारले सिंगल चार्जमा ६०२ किमी दुरी पार गर्न सक्ने दाबी गरेको छ । यो कार १० देखि ८० प्रतिशत चार्ज हुन केवल २६ मिनेट मात्रै लाग्ने कम्पनीले जनाएको छ ।  -एजेन्सी 


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.