Bizshala
  • बिहीबार, माघ १,२०८२ 12:23:20
Bizshala
Global IME Bank Limited

प्रहरीसँगको मिलेमतोमा काल्पनिक दुर्घटना खडा गरी ८१ लाख बीमा ठगी, ३१ जनाविरुद्ध मुद्दा दायर

Hyundai Nepal
प्रहरीसँगको मिलेमतोमा काल्पनिक दुर्घटना खडा गरी ८१ लाख बीमा ठगी, ३१ जनाविरुद्ध मुद्दा दायर
Shivam Cement

काठमाण्डौ । काल्पनिक दुर्घटना खडा गरी बीमा कम्पनी ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरी ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। ठगी गिरोहमा बीमा कम्पनीका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको पुष्टि भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी विरुद्ध लिखत किर्ते बीमा ठगी सम्बन्धी मुद्दा दायर गरेको हो। अभियोगपत्र अनुसार, गिरोहले २९ वटा काल्पनिक दुर्घटना खडा गरी २७ वटा नक्कली पत्रमार्फत ८१ लाख रुपैयाँ बीमा भुक्तानी लिएको खुलासा भएको छ।

गिरोहको योजना प्रमुख हुन् हरि बुढाथोकी, जो पर्सा घर भएका र हाल काठमाण्डौको काँडाघारीमा बस्दै आएका छन्। यस योजनामा बिकेश कुँवर (बीमा कम्पनी कर्मचारी) र धुव्र शाही (प्रहरी हवल्दार) संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ। शाहीले प्रहरी वृत्त बानेश्वरका अन्य कर्मचारीको नाममा नक्कली दुर्घटना सिफारिस पत्र बनाइ बीमा कम्पनीमा पुर्याउने गरेका थिए।

CG Motors
Bizshala
Garima Development Bank

प्रहरीका अनुसार मुख्य प्रतिवादी बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक श्याम खनालको नाममा नक्कली हस्ताक्षर गर्दै प्रहरीको लेटरप्याड प्रयोग गरी २९ वटा नक्कली दुर्घटना सिफारिस पत्र तयार पारेको खुल्न आएको छ। उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम हिनामिना गर्न विभिन्न ३० जना सवारीधनी र चालकहरूसँग मिलेर नक्कली दुर्घटनाको योजना बनाएका थिए। यो तथ्य प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।

प्रहरीले मुद्दा दायर गर्दा, ३१ मध्ये बस व्यवसायी बस्नेतलाई मात्रै पक्राउ गरेको थियो । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले हरि बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, यस मुद्दामा दर्ता भएका ३० जना अहिलेसम्म फरार रहेका छन्। उनीहरुको ब्लु–बुक र बैंक खाता नम्बर दुरुपयोग गरेको पाइएको छ।

सरकारी वकिल कार्यालयले बीमा ठगी प्रकरणमा सहकारी, कम्पनी कर्मचारी, प्रहरी र अन्य व्यक्तिको मिलेमतो भएको भन्दै न्यायिक प्रक्रिया अघि बढाउने जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.