सोमबार, श्रावण १८,२०८३ 01:11:37
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:11:37
Bizshala
Global IME Bank Limited

नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड

नेपाल सेल्स मिसन कोलकताः व्यापारिक साझेदारी विस्तार र पर्यटक आगमन बढाउन जोड
New Office

काठमाण्डौ। पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन बढाउने र पर्यटन व्यापारिक साझेदारीलाई थप सुदृढ बनाउने लक्ष्यसहित कोलकातामा आयोजित नेपाल सेल्स मिसन सफलतापूर्वक सम्पन्न भएको छ । मिसनका क्रममा भएको बी–टु–बी नेटवर्किङ कार्यक्रममा पश्चिम बंगालका अग्रणी ट्राभल तथा टुर अपरेटर, पर्यटन व्यवसायी, सञ्चारकर्मी र कूटनीतिक समुदायका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमले नेपाल र पश्चिम बंगालबीच प्रत्यक्ष व्यापारिक संवाद, नेटवर्किङ र नयाँ सहकार्यका सम्भावना पहिचान गर्ने अवसर प्रदान गरेको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जनाएका छन् ।

सेल्स मिसनमा नेपालबाट १९ वटा अग्रणी ट्राभल तथा टुर कम्पनी र एक होटलसहित २५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएको थियो । बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया र वरिष्ठ अधिकृत जयशक्ति सर्राफले भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै नेपाललाई वर्षभरी नै भ्रमणयोग्य तथा बहुआयामिक गन्तव्यका रूपमा प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा संयुक्त पर्यटन प्याकेज विकास, आपसी प्रचार–प्रसार अभियान सञ्चालन, व्यापारिक सम्झौता विस्तार र यात्रु प्रवाह सहज बनाउने विषयमा विशेष छलफल भएको थियो । पश्चिम बंगालका ट्राभल अपरेटरहरूले नेपाललाई नजिकको, सुरक्षित र विविध अनुभव प्रदान गर्ने गन्तव्यका रूपमा लिँदै व्यापारिक सहकार्य विस्तारमा रुचि देखाएको कार्यक्रममा सहभागी सर्राफले जानकारी गराएका छन् ।

कार्यक्रममा नेपालको साहसिक, धार्मिक, सांस्कृतिक पर्यटनसँगै उदाउँदा निच पर्यटन क्षेत्रहरुबारे प्रस्तुती गरिएको छ । यसका साथै पश्चिम बंगालबाट

छोटो तथा मध्यम अवधिका भ्रमण प्याकेजमार्फत पर्यटक संख्या बढाउन सकिने सम्भावनालाई उजागर गरिएको थियो । यस सन्दर्भमा मिसनमा सहकार्य गरेको बुद्ध एयरद्वारा काठमाण्डौ–कोलकाता रुटमा साप्ताहिक चार उडान सञ्चालन भइरहेको जानकारी दिँदै, हवाई सम्पर्कले पर्यटन व्यापारलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रमबाट सहभागी व्यवसायीहरूबीच सकारात्मक बी–टु–बी छलफल भएको, नयाँ व्यावसायिक सम्पर्क स्थापित भएको र दीर्घकालीन सहकार्यतर्फ ठोस आधार तयार भएको प्रतिक्रिया आएको छ । सञ्चारकर्मीको सक्रिय सहभागिताले पश्चिम बंगालमा नेपालको पर्यटन सम्भावनाबारे जानकारी फैलाउन सहयोग पुग्‍ने अपेक्षा गरिएको छ ।

बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले कोलकातामा सम्पन्न नेपाल सेल्स मिसनले व्यापारिक साझेदारी विस्तारमार्फत पश्चिम बंगालबाट नेपालतर्फ पर्यटक आगमन

उल्लेख्य रूपमा बढाउने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.