शुक्रबार, बैशाख ४,२०८३ 11:53:17
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 11:53:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

फाइनान्स सेक्टरप्रति लगानीकर्ताको मोह हराउँदै, ८३.४०% ले घट्यो कारोबार

Bizshala
फाइनान्स सेक्टरप्रति लगानीकर्ताको मोह हराउँदै, ८३.४०% ले घट्यो कारोबार
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय फाइनान्स समूहमा लगानीकर्ताहरुको मोह हराउँदै गएको छ । फाइनान्स कम्पनीहरुमा आकर्षण घट्न थालेपछि यो समूहको कारोबार रकम ८३.४० प्रतिशतले घट्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स समूहको २२ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ८४.४० प्रतिशत कम हो ।

गत आवको दोस्रो त्रैमाससम्म फाइनान्स समूहको १ खर्ब ३३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

केही समयअघि लो क्याप कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिन्थ्यो । फाइनान्स सेक्टरका अधिकांश कम्पनी लो क्याप वा मिड क्याप कम्पनी रहेकाले लगानीकर्ताहरु यो सेक्टरमा आकर्षित थिए ।

यो समूहका पनि केही कम्पनीहरुलाई लिएर खेलाडीहरुले सेयरमूल्यमा चलखेल समेत गरेका थिए । नेपाल फाइनान्स, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स र वेष्ट फाइनान्स कम्पनीको निकै चर्चा थियो । तर पछिल्लो समय यी कम्पनीहरको चर्चा हराउँदै गएको छ ।

यतिबेला सेयर लगानीकर्ताहरु बढी नयाँ कम्पनीतर्फ बढी आकर्षित छन् । सूचीकृत नयाँ कम्पनीहरु हाइड्रो समूह, उत्पादन तथा प्रशोधन समूह र अन्य समूहका छन् । सेक्टर रोटेसनका कारण पनि फाइनान्स समूहको चर्चा विस्तारै हराउन थालेको छ ।

विशेषगरी यो समूहका कम्पनीहरुको वित्तीय सूचकहरु कमजोर हुनु र डाइलुसन (राइट÷बोनस सेयर कम)को डरले पनि यो समूहप्रति रौैनक हराउँदै गएको बुझ्न सकिन्छ ।

CG Motors
Garima Development Bank
IME remit

फाइनान्स समूहसँगै नेप्सेमा सूचीकृत अधिकांश समूहको कारोबार घटेको छ । गत आवको दोस्रो त्रैमासको तुलनामा यस अवधिसम्म उत्पादन तथा प्रशोधन समूह र अन्य समूह बाहेक सबै समूहको कारोबार ह्वात्तै घटेको छ ।

फाइनान्स समूहपछि निर्जीवन बीमा समूहको कारोबार रकम पनि ६८.८५ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म यो समूहको ४९ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको कारोबार भएकोमा चालु आवको सोही अवधिसम्म जम्मा १५ अर्ब ३८ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, व्यापार समूहको ६८.०८ प्रतिशत, वाणिज्य बैंक समूहको ५०।२२ प्रतिशत, जीवन बीमा समूहको ४७.२२ प्रतिशत, लगानी समूहको ४४.२९ प्रतिशत, विकास बैंक समूहको ३६.५५ प्रतिशत, होटल तथा पर्यटन समूहको ३३.६६ प्रतिशत, म्युचुअल फण्ड समूहको २५.८२ प्रतिशत, माइक्रोफाइनान्स समूहको २५.८२ प्रतिशत र हाइड्रोपावर समूहको २४.२७ प्रतिशतले कारोबार रकम घटेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.