काठमाण्डौ । बिक्री आम्दानी बढेसँगै घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ४९ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ६६ करोड ७१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत २ अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २०.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ अर्ब ७३ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ६९ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको प्रशासनिक,बिक्री तथा वितरण खर्च ८ करोड ६३ लाख रुपैयाँ, ह्रासकट्टी खर्च ३ करोड ३२ लाख र वित्त खर्च ३३ करोड ७७ लाख रुपैयाँबराबर रहेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ १ अर्ब ३७ करोडबाट घटेर ६८ करोड ७० लाख रुपैयाँमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.२७ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ १६६.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३६.०८ रुपैयाँ र तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ ।

