काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो ।
यो अवधिमा कोषले १ अर्ब ६ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ३ करोड रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कोषको कुल खर्च घटेको छ । अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च घटेर १८ करोड १८ लाखमा सीमित बनेको छ ।
कोषले २ खर्ब ९८ अर्ब रुपैयाँबराबरको कुल लगानी गरेको छ । जसमा मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब ,नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड ,समयकालिन कर्जामा २६ अर्ब ३१ करोड ,संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड र सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ । कोषको जगेडा कोषको आकार १२ अर्ब २८ करोड रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ र लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ ।

