काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् ।
कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुनेगरी कम्पनीको सीइओमा उनलाई दोस्रो कार्यकार (चार वर्षका लागि) पुनः नियुक्त गरेको हो ।
फागुन २९ गतेदेखि उनले दोस्रो कार्यभार सम्हाल्नेछन् ।

