काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचनको मतगणना स्थलमा अनधिकृत व्यक्तिहरू प्रवेश नगर्न कडा चेतावनी दिएको छ। आयोगका अनुसार उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतगणना प्रतिनिधि वा आयोगबाट अनुमति प्राप्त व्यक्ति बाहेक अन्य व्यक्तिले मतगणना स्थलमा प्रवेश गर्नु कानूनविपरीत हुनेछ।
आयोगले उल्लंघन गर्ने व्यक्तिहरूलाई १५ हजार रुपैयाँसम्म जरिवाना हुने जानकारी दिएको छ। यस कदममार्फत मतगणना प्रक्रियाको पारदर्शिता र सुरक्षा सुनिश्चित गर्ने उद्देश्य रहेको आयोगले जनाएको छ।
निर्वाचन आयोगले सर्वसाधारणसँग पनि सहकार्य गर्दै कानूनको पालना गर्न आग्रह गरेको छ।

