Live Update
8 मिनेट अगाडी
निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन बोर्डले निःशुल्क सटल बस सेवा सञ्चालनमा ल्याएको छ।
बोर्डका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउने–जाने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई यात्रुलाई लक्षित गर्दै विमानस्थलदेखि काठमाडौं उपत्यकाका प्रमुख होटल र पर्यटकीय क्षेत्रसम्म सटल बस सेवा उपलब्ध गराइएको हो। सेवा बिहान ५ बजेदेखि सुरु भई बिहीबार साँझ ७ बजेसम्म सञ्चालन हुने जनाइएको छ।
Live Update
24 मिनेट अगाडी
दाङमा बाँके राष्ट्रिय निकुञ्ज प्रभावित स्थानीयले मतदान बहिष्कार गरेका छन्। बबई गाउँपालिका–७ देउती मावि मलई र बबई–१ स्थित जनता आधारभूत विद्यालयका मतदान केन्द्रमा समाचार तयार पार्दासम्म एक मत पनि खसेको छैन।
Live Update
27 मिनेट अगाडी
काठमाण्डौ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहका साथ मतदान भइरहेको बताएका छन्।
मतदान गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा मतदाताको उल्लेख्य सहभागितासहित मतदान प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।
Live Update
31 मिनेट अगाडी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान १० बजेसम्म देशभर कुल १० लाख ६५ हजार १२० मत खसेको छ, जुन करिब ६ प्रतिशत हो।
Live Update
34 मिनेट अगाडी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह सवार हेलिकप्टर झापामा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको छ।
हेली एभरेस्टको नाइन एन–एओबी (काठमाडौं–झापा) उडानमार्फत शाहसहित पाँच सदस्यीय टोली बिहान ९:१२ बजे काठमाडौंबाट झापाका लागि प्रस्थान गरेको थियो। तर खराब मौसमका कारण हेलिकप्टर झापामा ल्यान्ड हुन नसकी पुनः डाइभर्ट गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०:१० बजे अवतरण गरिएको जनाइएको छ।
Loading more updates...