काठमाण्डौ । निर्वाचन आयोगले मतदातालाई मतदानस्थलमा पुगेर मतदान गर्न रोक लगाउन नहुने स्पष्ट निर्देशन जारी गरेको छ। आयोगका अनुसार, कुनै पनि व्यक्तिले मतदाताको मतदान अधिकारमा बाधा पुर्याउन, मतदान स्थलसम्म जाने बाटो अवरुद्ध गर्न वा मतदान प्रक्रियामा रोक लगाउन पाउने छैन।
निर्वाचन ऐनअनुसार यस नियमको उल्लङ्घन गरेमा दोषीलाई अधिकतम २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। आयोगले मतदातालाई मतदान स्वतन्त्र र सुरक्षित वातावरणमा गर्न सकिने सुनिश्चित गर्न सबै सम्बन्धित पक्षलाई सचेत रहन आग्रह गरेको छ।

