काठमाण्डौ । कर्णाली प्रदेशका दश जिल्लामा जारी मतदानमा अहिलेसम्म कुल मतदाता मध्ये ४१ प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार, प्रदेशमा कुल १० लाख ३७ हजार २५० मतदातामध्ये ४ लाख २४ हजार ७५५ मतदाताले मतनदान गरेका छन्।
जिल्लागत विवरण हेर्दा सबैभन्दा बढी मतदान मुगु जिल्लामा ५५ प्रतिशत रहेको छ भने सबैभन्दा कम मतदान कालीकोट जिल्लामा ३० प्रतिशत रहेको छ।

