काठमाण्डौ । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–८, कालिनाग मतदानस्थलमा मतदानका क्रममा विवाद उत्पन्न भएको छ। मतदानमा सहभागी हुन पुगेका केही मतदाताले सहकारीको परिचयपत्र देखाएर मतदान गर्न खोज्दा मतदान अधिकृतले अनुमति नदिँदा विवाद उत्पन्न भएको हो।
विवाद भएपछि सो मतदानस्थलमा मतदान अस्थायी रूपमा रोकिएको छ। यसबारे छलफल गर्न हाल सर्वदलीय बैठक बसिरहेको छ। बैठकपछि मतदान पुनः सञ्चालन गर्ने निर्णय हुने अपेक्षा गरिएको छ।

