काठमाण्डौ । आज भईरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुर्खेत जिल्लामा कुल मतदातामध्ये ५० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार जिल्ला दुई निर्वाचन क्षेत्रमा अपराह्न ४ बजेसम्म ५० प्रतिशत मत खसेको हो ।
क्षेत्र नम्बर १ मा ६२ हजार ५०५ मत खसेको छ भने क्षेत्र नम्बर २ मा ६६ हजार ८५७ मत खसेको छ। जिल्लामा कुल मतदाता संख्या २ लाख ४८ हजार ९४३ रहेको छ।
सुर्खेतमा २४२ मतदानस्थल (२ अस्थायीसहित) र ३०५ मतदान केन्द्र (३ अस्थायीसहित) रहेको छ।

