काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ बाट उठेका प्रत्यक्षतर्फका उम्मेदवार केपी शर्मा ओलीले आफ्नो विजय सुनिश्चित भएको बताएका छन् । मतदान समाप्त भएसँगै बीबीसीसँग संक्षिप्त कुराकानी गर्दै ओलीले आफूले जित्नेमा ढुक्क रहेको बताएका हुन् ।
उनले देशभर शान्तीपूर्ण रुपमा कुनै अवरोध बिना निर्वाचन सम्पन्न भएको समेत बताए । बीबीसी सम्बाददाताले सोधेको चुनाव जित्नेमा आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नको जवाफ दिदै ओलीले आफू र पार्टीले जित्नेमा विश्वस्त रहेको बताए ।
यस्तै उनले देशका लागि यो निर्वाचन महत्वपूर्ण रहेको समेत बताए ।

