बिहीबार, फाल्गुन २१,२०८२ 07:26:10
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 07:26:10
Bizshala
Global IME Bank Limited

६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटीकामा कैद गर्दै सकियो मतदान

Hyundai Nepal
६ हजार ५४१ उम्मेदवारको भविष्य मतपेटीकामा कैद गर्दै सकियो मतदान
Shivam Cement

काठमाण्डौ। बिहीबार बिहान ७ बजे सुरु भएको प्रतिनिधि सभा निर्वाचन–२०८२ को मतदान अपराह्न ५ बजेसम्म सम्पन्न भएको छ। निर्वाचन आयोगले ५ बजेसम्म मतदान केन्द्रमा पुगेका मतदाताले आफ्नो मत हाल्न पाउने जनाएको छ। मतदान लाइनमा समयमै नपुगेकाले मतदाता अवसर गुमाउनेछन्।

यो निर्वाचन प्रत्यक्ष प्रणालीमा १६५ र समानुपातिक प्रणालीमा ११० सिटका लागि भएको हो। देशभर ६ हजार ५४१ उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार छन्, जसमा पुरुष ३ हजार १७, महिला ३८८ र अन्य १ छन्। समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार छन्, जसमा पुरुष १ हजार ३६३ र महिला १ हजार ७७२ छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मतदाता संख्या कुल १ करोड ८९ लाख ३ हजार ६८९ रहेको छ, जसमा पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २०० रहेका छन्। प्रारम्भिक तथ्यांक अनुसार ५० प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन्।

देशभर १० हजार ९६७ स्थायी मतदानस्थल, २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदानस्थल सञ्चालनमा राखिएका थिए। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त र गर्भवती महिलालाई प्राथमिकता दिइएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

निर्वाचनको सुरक्षा उच्च स्तरमा राख्न ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटाइएका थिए। यसबाहेक २ लाख १५ हजार कर्मचारी निर्वाचन कार्यमा संलग्न थिए। आयोगले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र केवल केही छिटपुट घटना बाहेक समस्या नभएको जनाएको छ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.