Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान

Global IME Bank Limited
प्रत्येक पोर्टफोलियोमा रि–ब्यालेन्सिङ आवश्यक, लगानीकर्ताहरूले यी कुराहरूमा दिनुपर्छ ध्यान
Nabil Bank Limited

काठमाण्डौ । प्रत्येक लगानीकर्तालाई ‘बुल रन’ मन पर्छ । आफुले लगानी गरेको कुनै कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताको सम्पत्ति पनि तीव्र गतिले बढ्छ ।  

तर यहि समय त्यस्तो समय हो जुनबेला लगानीकर्ताको पोर्टफोलियोमा पनि जोखिम बढ्ने गर्छ । यस्तो बेला लगानीकर्ताले आफ्नो पोर्टफोलियोको जोखिमलाई नियन्त्रणमा राख्नु पर्ने हुन्छ । यसको सबैभन्दा उत्तम तरिका भनेको ‘एसेट एलोकेशन’ हो ।  

यसमा अनुशासनको पालना गर्नु एकदमै आवश्यक पर्छ । यसका साथै पोर्टफोलियोमा रहेको फण्डलाई सहि व्यवस्थापन गर्न आवश्यक छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बुल रनको असर  

बुल रनमा लगानीकर्तालाई सबैभन्दा ठूलो असर के पर्छ भने यस समयमा उसको सम्पत्तिको मूल्य तीव्र गतिमा बढ्छ । सेयर बजार जस्तो क्षेत्रमा बुल रन आउँछ भने यो लगानीकर्ताका लागि राम्रो खबर हो । किनकी यसले लगानीकर्ताको पोर्टफोलियोको मूल्य बढ्छ र उनीहरुको लक्ष्य हासिल गर्न सहयोग प्राप्त हुन्छ ।  

यस प्रकारको मूल्यमा वृद्धि हुनु लगानीकर्ताका लागि समस्याको सुरुवात पनि हो । किनभने सेयरलाई कति समयसम्म होल्ड गर्ने भन्ने विषय पनि महत्वपूर्ण छ ।  

लगानीको सुरुवाती लक्ष्य भनेको बिक्री गरेर मुनाफा सुरक्षित गर्नु हो । तर जब मूल्य बढ्छ, तब मनमा लोभीपन आउँन सक्छ र लगानीकर्ताले बिक्रीको निर्णयबाट पछि हट्न सक्छ । यसले पोर्टफोलियो एकै ठाउँमा फस्ने भएकाले अन्त्यमा जोखिम बढ्छ । यस्तोमा लगानीकर्तालाई त्यो प्रतिफल प्राप्त हुदैन जुन उ चाहन्छ ।  

रि–ब्यालेन्सिङमार्फत एसेट एलोकेशन

यो परिस्थितीलाई सम्हाल्ने सबैभन्दा उत्तम तरिका भनेको सहि एसेट एलोकेशनको संरचना हुनु । साधारण शब्दमा भन्नुपर्दा एसेट एलोकेशनमा पोर्टफोलियोमा रहेको अलग–अलग एसेट क्लासमा कति रकम छुट्याउने भन्ने निर्णय गरिन्छ ।  

प्रत्येक व्यक्तिको अवस्था फरक–फरक हुन्छ र लगानीकर्ता आफ्नो अवस्था र आवश्यकता अनुसार एसेट एलोकेशन गर्नुपर्छ ।  

लगानीकर्ताले आफ्नो आवश्यकतालाई ध्यानमा राखोस् भन्ने कुरा एसेट एलोकेशनबाट सुनिश्चित हुन्छ । केहि समयपश्चात जब भिन्न–भिन्न लगानीको मूल्यमा परिवर्तन आउँछ तब एसेट एलोकेशनमा पनि परिवर्तन आउँछ । यो चरणमा लगानीकर्ताले यो सुनिश्चित गुर्नपर्छ कि रि–ब्यालेन्सिङ होस् र एसेट एलोकेशन त्यो अवस्थामा फर्कियोस् जहाँ त्यसलाई हुन आवश्यक छ ।  

रि–ब्यालेन्सिङको अवधि  

रि–ब्यालेन्सिङमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको समयावधि हुने गर्छ । लगानीकर्ताले आफ्नो लक्ष्य हासिल गर्न नसक्ने भएकाले यो छोटो समयमा गर्न सकिदैन । यसका साथै लामो समयसम्म प्रतिक्षा गर्दा प्राप्त अवसर पनि गुम्ने खतरा त्यत्तिकै हुन्छ ।  

सबैभन्दा उत्तम ६ महिनाभित्र रि–ब्यालेन्सिङ गर्नुपर्छ । यसबाट निगरानी भईरहेका सुनिश्चित हुन्छ र आवश्यक परे परिवर्तन पनि गर्न सकिन्छ ।  

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.