बुधबार, असार १७,२०८३ 03:13:42
Bizshala
  • बुधबार, असार १७,२०८३ 03:13:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमालेभित्र 'युवा विद्रोह' चर्कियो, महासचिवको पुतला दहन

Laxmi Sunrise Bank Limited
एमालेभित्र 'युवा विद्रोह' चर्कियो, महासचिवको पुतला दहन

काठमाण्डौ । निर्वाचनमा लगातार धक्का खाँदै आएको नेकपा एमालेभित्र सुधारको अपेक्षा गरिए पनि व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोरिँदै गएको संकेत देखिएको छ। नेतृत्व तहमा युवालाई अवसर नदिएको भन्दै विद्यार्थी–युवाहरूले खुलेआम असन्तुष्टि जनाउन थालेका छन्।

New Office
CG Motors
Garima Development Bank

एमालेको भ्रातृ संगठन अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूले महासचिव शंकर पोखरेलको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन्। अस्कल क्याम्पसबाट सुरु भएको प्रदर्शन पार्टी केन्द्रीय कार्यालयअगाडि पुगेर चर्किएको थियो।

प्रदर्शनकारीहरूले पार्टीभित्र नेतृत्व चयन प्रक्रियामा हस्तक्षेप भएको आरोप लगाएका छन्। विशेषगरी संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन महासचिव पोखरेलले सांसदहरूलाई दबाब दिएको दाबी गर्दै उनीहरूले आपत्ति जनाएका हुन्। यही कारणले सुहाङ नेम्वाङजस्ता युवा आकांक्षीलाई किनारा लगाइएको भन्दै प्रदर्शनमा उनको समर्थनमा समेत नाराबाजी गरिएको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जालमार्फत सुरु भएको असन्तुष्टि बुधबार सडकमा पोखिएको हो। युवाहरूले ‘पार्टी कब्जा बन्द गर’, ‘युवालाई अवसर दे’, ‘महासचिव राजीनामा दे’ जस्ता नारा लगाउँदै नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका थिए।

प्रदर्शनका क्रममा आक्रोशित समूहले पार्टी केन्द्रीय कार्यालयअगाडि महासचिव पोखरेलको पुत्ला दहनसमेत गरेको छ।

एमालेले हालैका निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको पृष्ठभूमिमा पार्टीभित्र पुस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषय झनै चर्किँदै गएको छ। तर पछिल्ला घटनाक्रमले नेतृत्व तह अझै पुरानै शैलीमा अडिग रहेको सन्देश दिएको भन्दै आलोचना बढ्दो छ।

विश्लेषकहरूका अनुसार, यदि एमालेले समयमै युवा पुस्तालाई नेतृत्वमा स्थान दिन सकेन भने आगामी दिनमा पार्टीभित्रै असन्तुष्टि अझ चर्किने र यसको असर संगठनात्मक एकतामा समेत पर्न सक्ने देखिन्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.