काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घटेको छ ।
आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.४३ प्रतिशतले बढेर ५८८ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एलआइसी नेपालको ०.२२ प्रतिशत, एशियन लाइफको ०.११ प्रतिशत, नेपाल लाइफको ०.०५ प्रतिशत र सानिमा जिआइसी इन्स्योरेन्सको ०.३३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउनेमा भने नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.६५ प्रतिशतले घटेर ११४७.७० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्टको १.१३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.८१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.५६ प्रतिशत, एनएलजीको ०.९६ प्रतिशत, आरबीसीएलको १.५६ प्रतिशत, सलिकोको ०.२० प्रतिशत, शिखरको ०.४८ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०१ प्रतिशत, युनाइटेड अजोडको १.५० प्रतिशत, लहिमालयन रि को ०.२८ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.६५ प्रतिशतले घटेको छ ।
यसका साथै सिटिजन लाइफको ०.१७ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.०८ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.०९ प्रतिशत, हिमालयन लाइफको ०.५३ प्रतिशत, आइएमई लाइफको ०.५७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.४३ प्रतिशत, सन नेपाल लाइफको ०.४१ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.४२ प्रतिशतले घटेको छ ।

