मंगलवार, बैशाख ८,२०८३ 07:42:00
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 07:42:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अमेरिकी सहायक विदेश मन्त्रीसँगको भेटमा अर्थमन्त्री वाग्लेले भने, ‘लगानीको अपेक्षा गरेका छौँ’

Bizshala
अमेरिकी सहायक विदेश मन्त्रीसँगको भेटमा अर्थमन्त्री वाग्लेले भने, ‘लगानीको अपेक्षा गरेका छौँ’
Shivam Cement

 

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री Mr. S. Paul Kapur बिच आज मंगलवारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय सहयोगका विषयमा गहन छलफल भयो। 

उक्त छलफलमा अर्थमन्त्री डा. वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरे । उनले पुराना अनावश्यक कानूनहरूको खारेजी र नयाँ कानून निर्माणद्धारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको प्रष्ट पारे । अमेरिकी लगानीकर्ता तथा गैर आवासिय नेपाली लगानीकर्ताहरूबाट विशेष गरी पर्यटन, स्वच्छ उर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको समेत सो अवसरमा बताए । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अमेरिकी सहायक विदेश मन्त्री कपुरले नेपाल र अमेरिका बिचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरे । हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमहरूलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मकरूपमा नजिकबाट हेरिरहेको समेत बताए । सफल व्यापारिक सम्बन्ध र US International Development Finance Corporation जस्ता सँस्थाहरूसँगको साझेदारीमा दुवै राष्ट्रहरूले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिए ।     

CG Motors
Garima Development Bank
IME remit

उक्त वैठकमा अर्थ सचिव डा. घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदुत Mr. Scott Urbom सँगै अमेरिकी राजदुतावासका पदाधिकारीहरुको समेत उपस्थति रहेको थियो। 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.