काठमाण्डौ । अतिक्रमित सुकुम्बासी बस्ती हटाउने विषय फेरि तातिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आउँदो शनिबार र आइतबारदेखि देशभरका यस्ता बस्ती खाली गराउन सुरक्षा निकायका प्रमुखहरूलाई कडा निर्देशन दिएका छन्।
गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शाहले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँगको भेटमा अवैध रूपमा बसोबास गरिएका क्षेत्र खाली गराउन स्पष्ट आदेश दिएका हुन्।
यो अभियानको सुरुवात काठमाडौं उपत्यकाबाटै गर्ने तयारी गरिएको छ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती हटाउने प्रयास गरेका थिए। तर स्थानीयको कडा प्रतिवादका कारण त्यो अभियान सफल हुन सकेको थिएन।
अब प्रधानमन्त्रीको भूमिकामा पुगेपछि उनले सोही अभियानलाई पुनः अघि बढाउँदै सुरक्षा निकायमार्फत कार्यान्वयन गर्न खोजेका हुन्।

