काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.०१ अंकले घटेर २७८७.१५ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत ३४८ कम्पनीको १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.४३ प्रतिशत र निर्जीवन बीमा समूह १.१९ प्रतिशतले घटेको छ ।
बीमा समूह घट्दा आज ३ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेशनल लाइफ रहेको छ । यो कम्पनीको सेयरभाउ ०.४३ प्रतिशतले बढेर ५८६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको सेयरभाउ ०.२२ प्रतिशतले बढेर ४५८ रुपैयाँ र एलआइसी नेपालको सेयरभाउ ०.११ प्रतिशतले बढेर ८२१ रुपैयाँ पुगेको छ ।
सर्वाधिक गुमाउनेमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ३.४७ प्रतिशतले घटेर १३९० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, सिटिजन लाइफको ०.४१ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको २.४२ प्रतिशत, हिमालयन लाइफको ०.६५ प्रतिशत, आइएमई लाइफको ०.३७ प्रतिशत, नेपाल लाइफको ०.६४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.०२ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.५२ प्रतिशत, सूर्यज्योति लाइफको ०.३४ प्रतिशत, सन नेपाल लाइफको ०.४४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७८ प्रतिशतले घटेको छ ।
यसका साथै हिमालयन एभरेष्टको २.१० प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.५८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१५ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९८ प्रतिशत, एनएलजीको ०.१६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको ३.१७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४६ प्रतिशत, आरबीसीएलको २.२७ प्रतिशत, सलिकोको १.१४ प्रतिशत, सानिमा जिआइसीको १.९५ प्रतिशत, शिखरको ०.१६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत, युनाइटेड अजोडको ०.०२ प्रतिशत, हिमालयन रि को १.४७ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.८७ प्रतिशतले घटेको छ ।

