काठमाण्डौ । सरकारले आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा संवैधानिक परिषद लगायतका अध्यादेश ल्याउने तयारी गरेको छ ।
यसअघि सरकारकै सिफारिसमा राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर, आह्वान भएको भोलिपल्टै पुनः सरकारकै सिफारिसमा अधिवेशन स्थगित भएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक आज सोमबार दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।

