काठमाण्डौ । सोमबार सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ७.७३ अंकले बढेर २७९६.४३ विन्दु्मा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३५१ कम्पनीको १ करोड ९ लाख २८ हजार ६१७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.१३ प्रतिशत र निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले बढेको छ ।
बीमा समूह बढ्दा १२ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.४० प्रतिशतले बढेर ४६९ रुपैयाँ पुगेको छ ।
त्यस्तै, नेपाल लाइफको ०.१३ प्रतिशत, नेशनल लाइफको ०.६९ प्रतिशत, सूर्यज्योति लाइफको ०.३० प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.९३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.०२ प्रतिशत, एनएलजीको ०.१६ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.९४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३२ प्रतिशत, आरबीसीएलको ०.३३ प्रतिशत र सलिकोको ०.२५ प्रतिशतले बढेको छ ।
आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.८५ प्रतिशतले घटेर ९०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, हिमालयन रि को ०.८६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३३ प्रतिशत, सानिमा जिआइसीको ०.५४ प्रतिशत, शिखरको ०.३२ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१४ प्रतिशत, युनाइटेड अजोडको ०.०२ प्रतिशत, सिटिजन लाइफको ०.४४ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको ०.१७ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.३६ प्रतिशत, हिमालयन लाइफको ०.२९ प्रतिशत, आइएमई लाइफको ०.४१ प्रतिशत, एलआइसी नेपालको ०.६२ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ०.२१ प्रतिशतले घटेको छ ।

