Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, चैत महिनासम्म रु.१५ करोड मृत्यु दाबी भुक्तानी

Global IME Bank Limited
बीमितमैत्री बन्दै आइएमई लाइफ इन्स्योरेन्स, चैत महिनासम्म रु.१५ करोड मृत्यु दाबी भुक्तानी
Nabil Bank Limited

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी थप बीमितमैत्री बन्दै गएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड रुपैयाँ भन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले चैत मसान्तसम्ममा मृत्यु लाभ बापत र अंगभंग भएको बीमितलाई १५ करोड १५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिएको कम्पनीले जनाएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले ३ करोड ६४ लाख रुपैयाँ मृत्यु बीमाको क्लेम सेटल गरेको छ ।  

चालु आवको पहिलो महिना अर्थात् साउनमा कम्पनीले १ करोड ४९ लाख रुपैयाँ, भदौमा १ करोड ६४ लाख रुपैयाँ र असोजमा २ करोड ७१ लाख रुपैयाँ गरी प्रथम त्रैमासमा मात्रै ५ करोड ८५ लाख रुपैयाँ मृत्यु बीमा तथा अंगभंग भएको बीमितलाई क्लेम सेटल गरेको थियो ।

साथै दोस्रो त्रैमासमा मात्रै कम्पनीले थप ५ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको थियो । कम्पनीले कात्तिक महिनामा ५५ लाख ५९ हजार रुपैयाँ, मंसिरमा ३ करोड २२ लाख रुपैयाँ र पुषमा १ करोड ८७ लाख रुपैयाँ गरी तेस्रो त्रैमासमा साढे ५ करोड रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी गरेको हो ।  

त्यस्तै, कम्पनीले तेस्रो त्रैमासमा मात्रै ३ करोड ६४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ । बीमितको कुनै कारणले मृत्यु हुँदा कम्पनीले हकवाला तथा बीमितको परिवारलाई र अंगभंग भएका बीमितलाई बीमा वापतको चालु आवको पछिल्लो तीन महिनामा मात्रै साढे ३ करोड रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जसमा कम्पनीले माघ महिनामा ९३ लाख ३२ हजार रुपैयाँ, फागुन महिनामा १ करोड ४४ लाख रुपैयाँ र चैत महिनामा १ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले चैतमा २८ वटा बीमालेखको १ करोड २६ लाख ६३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । टर्म पोलिसी अन्तर्गत १२ जना बीमितलाई २७ लाख २२ हजार रुपैयाँ, वैदेशिक रोजगार बीमालेख अन्तर्गतका ७ जना बीमितलाई ८० लाख ५० हजार रुपैयाँ र कन्भेन्सनल पोलिसीअन्तर्गत ९ जना बीमितलाई १८ लाख ९१ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको छ ।  

कम्पनीले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार भने कम्पनीले सो अवधिसम्म ९३ करोड ४४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।  

जसमा कम्पनीले मृत्यु बीमा दाबी, अंगभंग भएको बीमितलाई बीमा रकम, पोलिसी त्याग, घातक रोग बापतको सुविधा जस्ता सबै क्लेम सेटल गरेको कम्पनीका सूचना अधिकारी सुदिप राणाले बताए । चालु आवको तेस्रो त्रैमाससम्म दाबी भुक्तानी गरेको १५ करोड १५ लाख रुपैयाँ विशुद्ध मृत्यु बीमा दाबी र अंगभंगको बीमा रकम रहेको उनले बताए ।  

कम्पनीले दाबी परेको छोटो समयमा आफ्ना ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने उद्देश्य बोकेको छ ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.