Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी, ९ महिनामा तिरे साढे २ अर्ब कर

Global IME Bank Limited
सेयर बजारमा अल्पकालिन लगानीकर्ता हावी, ९ महिनामा  तिरे साढे २ अर्ब कर
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा सेयर लगानीकर्ताले ३  अर्ब ७९ करोड  पुँजीगत लाभकर तिरेका छन् । सीडीएससीको तथ्यांकअनुसार सरकारले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा पूँजीबजारबाट दीर्घकालीन लगानीकर्ताको तुलनामा अल्पकालीन लगानीकर्ताबाट बढी पुँजीगत लाभकर उठाएको छ ।  

चैत मसान्तसम्म दीर्घकालीन लगानीकर्ताहरुले कुल ८९ करोड मात्रै पूँजीगत लाभकर तिरेका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले भने २ अर्ब ४४ करोड कर तिरेका छन्  । जसमा संस्थहरुले भने ४५ करोड ५३ लाख रुपैयाँ मात्रै कर तिरेका छन्  । अल्पकालिन, दीर्घकालिन र संस्थागत गरेर सरकारले कुल ३ अर्ब ७९ करोड कर पूँजीबजारबाट उठाएको छ ।

सरकारले पूँजीबजारबाट आव २०७७/७८ मा १४ अर्ब १३ करोड, आर्थिक बर्ष २०७८/७९ मा १० करोड ३५ लाख र आव २०७९/८० मा जम्मा २ अर्ब ९७ करोड राजश्व संकलन गरेको छ । यसरी विगत २ वर्षदेखि पूँजीबजार घट्दा यस क्षेत्रबाट सरकारले उठाउने रावश्व संकलनमा पनि उल्लेख्य कमी आउन थालेको छ ।  

पछिल्लो ९ महिनामा सरकारले पूँजीबजारबाट उठाएको राजश्वको ठूलो हिस्सा लगानीकर्ताहरुले धमाधम आईपीओमा परेको सेयर बेचेबापत गरेको नाफाबाट प्राप्त पूँजीगत लाभकरको रकम रहेको बजार जानकारहरु बताउँछन् । ‘अहिले आईपीओमा परेको सेयर लिस्टिङ भएर कारोबार हुनासाथ नाफा भएको खण्डमा लगानीकर्ताहरुले बेचि हाल्छन् ।’ एक बजार जानकारले भने,‘त्यसैले यो ९ महिनामा सरकारले प्राप्त गरेको राजश्वमा अल्पकालिन लगानीकर्ताले तिरेको पूँजीगत लाभकरको हिस्सा ठूलो रहेको छ ।’  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हाल पूँजीबजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि पूँजीगत लाभकरमा फरक–फरक व्यवस्था रहेको छ । ३६५ दिनभन्दा कम अवधि सेयरहोल्ड गर्ने अल्पकालीन लगानीकर्तालाई ७.५ प्रतिशत र ३६५ दिनभन्दा बढी सेयरहोल्ड गर्ने दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशत लाभकरको व्यवस्था छ । संस्थागत लगानीकर्ताले भने १० प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ।  

चालु आर्थिक वर्षमा पूँजीबजारबाट मात्रै सरकारले करिब २७ अर्ब राजश्व उठाउने लक्ष्य राखेको छ । पछिल्लो ९ महिनाको तथ्यांक हेर्दा सरकारले करिब ४ अर्ब रुपैयाँमात्रै राजश्व संकलन गरेको छ । यसले चालु आर्थिक वर्षमा पनि पूँजीबजारबाट सरकारको राजश्वको संकलनको लक्ष्य भेट्याउन गाह्रो हुने देखिन्छ ।  

लक्ष्यअनुसार राजश्व नउठ्ने भएपछि सरकारले संस्थागत लगानीकर्तालाई प्रोत्साहन हुने गरी १२ करोडको क्याप हटाएर भए पनि राजश्व उठाउने रणनीतिमा रहेको कर विज्ञहरु बताउँछन् ।


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.