सोमबार, श्रावण १८,२०८३ 12:49:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:49:09
Bizshala
Global IME Bank Limited

बिवाईडीले सार्वजनिक गर्‍यो ३ वटा अफ–रोड मोडलका कार

बिवाईडीले सार्वजनिक गर्‍यो ३ वटा अफ–रोड मोडलका कार
New Office

काठमाण्डौ । चिनियाँ कार निर्माता कम्पनी बिवाईडीले दुईवटा कन्सेप्ट कारसहित तीनवटा कारको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो प्रिमियम ब्राण्ड फ्रायान्गचेङबाओको अधिनमा ३ वटा कारको मोडल सार्वजनिक गरेको हो ।  

कम्पनीले मंगलबार लाईस्ट्रिम इभेन्टमार्फत बाओ ८ एसयुभी,सुपर ३ कन्सेप्ट क्रसओभर र सुपर ९ कन्सेप्ट स्पोर्ट कार सार्वजनिक गरेको हो । कम्पनीले यी कारहरु अर्को साता बेईजिङमा सुरु हुने अटो शोमा प्रर्दशनी गर्ने तयारी गरेको छ ।  

बिवाईडीले कारको मूल्य र कहिलेदेखि बजारमा यी कारहरु उपलब्ध हुन्छ भन्नेबारे भने केहि पनि उल्लेख गरेको छैन । अधिकांश फ्रायान्गचेङबाओ लाइनअप प्लग–इन हाईब्रिड सिस्टममा आधारित छन् । यसलाई डुअल मोठ अफ–रोड पनि भन्ने गरिन्छ र यसलाई बिवाईडीले कम इन्धन खर्च र उच्च हर्सपावर प्रदान गर्ने उदेश्यसहित अफ रोड सवारीका लागि विकास गरेको हो ।  

टोयोटा ल्याण्ड क्रुजर,स्टेलान्टीसको जीप र टाटा मोटर्सको ज्यागुअर र ल्याण्ड रोभर कार अफ–रोड सेग्मेन्टका लागि अग्रेणी कारको रुपमा चिनिन्छन् । यस्तोमा विआईडीले यी कम्पनीहरुलाई विद्युतीय कारबाट चुनौति पेश गरिरहेको छ ।  

बिवाईडीले सुपर स्पोर्ट ९ कारमा स्टाइल डिजाइन दिएको छ । यो कारमा डिजाइन कम्पनीका प्रमुख डिजाइनर वोल्भग्याङ जोसेफ इगरले नेतृत्व गरेको टिमले गरेको छ । इगरले यूरोपियन लक्जरी कार ब्राण्ड अल्फा रोमियो,अडी र ल्याम्बोरगिनीमा काम गरिसकेका छन् ।  

बिवाईडीले ३ वटा ब्राण्डसहित फ्रायान्गचेङबाओलाई गत वर्ष लञ्च गरेको थियो । अञ्च भएका अन्य दुई ब्राण्डमा डेन्जा र याङवाङ हुन् ।  

कम्पनीले याङवाङ ब्राण्ढअन्तर्गत हाईब्रिड एसयुभी र एउटा स्पोर्ट कार लञ्च गरेको थियो । जुन कार १ मिलियन युआनभन्दा बढी मूल्यमा बिक्री गरिएको थियो ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.