काठमाण्डौ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको लक इन अवधि आगामी असार महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल ४२ लाख १ हजार २५ कित्ता सेयरको लक इन अवधि असार १९ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा ३६ लाख ९३ हजार ७५० कित्ता संस्थापक सेयर, ४ लाख ९२ हजार ५ सय कित्ता स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको र १४ हजार ७७५ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेको छ ।

