मंगलवार, असार ९,२०८३ 05:27:46
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:27:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्व बजारको असर भारतीय शेयर बजारमा, सेन्सेक्स ८ सय ७७ अंकसम्म घट्यो

Laxmi Sunrise Bank Limited
विश्व बजारको असर भारतीय शेयर बजारमा, सेन्सेक्स  ८ सय ७७  अंकसम्म घट्यो

काठमाण्डौ । अमेरिकी तथा एशियाली शेयर बजारमा देखिएको तीव्र गिरावटको प्रभाव भारतीय शेयर बजारमा पनि परेको छ।  

मंगलबार कारोबार शुरुभएदेखि नै लगानीकर्ताबीच बेचबिखनको दबाब बढ्दा बीएसई सेन्सेक्स करिब ८७७ अंकले ओरालो लागेको छ भने एनएसई निफ्टी–५० सूचक २८२ अंकले घटेर २३ हजार ९०० अंकभन्दा तल झरेको छ।

New Office
CG Motors
Garima Development Bank

दक्षिण कोरियाको प्रमुख शेयर सूचक कोस्पी (KOSPI) मा झण्डै १० प्रतिशतसम्मको गिरावट आएपछि त्यहाँको बजारमा केही समयका लागि कारोबार नै स्थगित गर्नुपरेको थियो।  

अमेरिकी प्रविधि कम्पनीहरूको शेयर मूल्य घटेपछि विश्वव्यापी रूपमा लगानीकर्ताको मनोबल कमजोर बनेको विश्लेषण गरिएको छ।

विशेषगरी Alphabet र SpaceX जस्ता ठूला प्रविधि कम्पनीहरूको शेयरमा आएको गिरावटले कृत्रिम बुद्धिमत्ता (AI) र प्रविधि क्षेत्रका कम्पनीहरूको उच्च मूल्यांकनप्रति लगानीकर्तामा चिन्ता बढाएको छ।

त्यसको असरस्वरूप विश्वभरका बजारमा बेचबिखनको दबाब देखिएको हो।

दक्षिण कोरियामा सेमिकन्डक्टर उद्योगसँग सम्बन्धित कम्पनीहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

SK Hynix को शेयर ११ प्रतिशतभन्दा बढीले घटेको छ भने Samsung Electronics को शेयर पनि ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

यी दुई कम्पनीमा आएको गिरावटले समग्र कोरियाली बजारलाई प्रभावित बनाएको बताइएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस वर्ष एआई प्रविधि र चिप्सको उच्च मागका कारण दक्षिण कोरियाली बजारले लगातार नयाँ कीर्तिमान बनाउँदै आएको थियो।  

बजार तीव्र रूपमा बढेपछि कम्पनीहरूको मूल्यांकन निकै महँगो बनेको अवस्थामा अमेरिकी बजारको गिरावटले लगानीकर्तालाई नाफा सुरक्षित गर्न प्रेरित गरेको विश्लेषण गरिएको छ।  

विदेशी लगानीकर्ताले मात्र एकै दिन १.३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका शेयर बिक्री गरेको जनाइएको छ।

विश्व बजारमा देखिएको दबाबको असर भारतको सूचना प्रविधि(आईटी) क्षेत्रमा पनि परेको छ।  

Infosys, TCS, HCL Tech र Wipro  जस्ता प्रमुख कम्पनीहरूको शेयरमा उल्लेख्य गिरावट देखिएको छ।  

यसका कारण निफ्टी आईटी सूचक सबैभन्दा बढी घट्ने क्षेत्र बनेको छ।

बजारमा आएको यस गिरावटका कारण भारतीय लगानीकर्ताको सम्पत्तिमा करिब ४.५७ लाख करोडदेखि ५ लाख करोड भारतीय रुपैयाँसम्मको क्षति भएको अनुमान गरिएको छ।  

विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, प्रविधि कम्पनीहरूको मूल्यांकनप्रतिको चिन्ता तथा विदेशी लगानीकर्ताको नाफा सुरक्षित गर्ने प्रवृत्तिले बजारमा दबाब सिर्जना गरेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.