मंगलवार, असार ९,२०८३ 05:35:17
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:35:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२७ सय विन्दूबाट तल झर्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको दबाब पनि देखिन थाल्यो’

Laxmi Sunrise Bank Limited
२७ सय विन्दूबाट तल झर्यो नेप्से, जानकार भन्छन्, ‘असार मसान्तको दबाब पनि देखिन थाल्यो’

काठमाण्डौ । मंगलबार सेयरबजार दोहोरो अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.१६ अंकले घटेर २ हजार ६७४.४८ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले घटेर ४६१.४८ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३५३ वटा स्क्रिप्टको १ करोड लाख ४० हजार १६४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ३६ करोड २१ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ४४ करोड ६५ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘बजार चलायमान हुन लगानीकर्ताको सेन्टिमेन्ट कस्तो छ त्यसमा भर पर्छ । अहिलेको बजार लगानी गर्न कति सेक्युअर छ, त्यसमा बजारको अवस्था निर्धारण हुन्छ । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष आएपनि लगानीकर्ताहरु अहिले बजारमा लगानी गर्न उत्साहित छैनन् । ठूला लगानीकर्ता, व्यवसायीहरु अहिले त्रसित जस्तै छन् र लगानी गर्नका लागि पर्ख र हेरको अवस्थमा छन् ।’

New Office
CG Motors
Garima Development Bank

उनले थपे, ‘मुख्यतः सरकारले लगानीकर्ताको मनोबल उकास्न सकेन । बजेट भाषणमा एकथरी कुरा र विधेयकमा अर्कोथरी कुरा आउँदा लगानीकर्ताले यो सरकारलाई विश्वास गर्न नसकेको होकी जस्तो पनि देखिएको छ । साथै अब असार मसान्तको दबाब पनि बजारमा देखिन थालेको छ । बैंकहरुसँगको हिसाब मिलान गर्न लगानीकर्ताहरुले सेयर पनि बेचेका हुन सक्छन् । लगानीकर्ताहरु अबको मौद्रिक नीतिमा पूँजीबजारका लागि के–कस्ता नीतिहरु आउँछन् भन्ने आतुरमा छन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये एउटामा हरियाली छायो भने अन्य सबैमा रातो पोतियो । आज म्युचुअल समूह मात्रै बढ्यो । यो समूह आज ०.४५ प्रतिशतले बढ्यो ।

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.९२ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.४३, फाइनान्स १.२८, होटल १.११, हाईड्रो १.६३, लगानी १.०३, जीवन बीमा ०.८५, निर्जीवन बीमा १.०१, अन्य समूह ०.६७ प्रतिशत र व्यापार १.५७ प्रतिशतले घट्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ३४ करोड १६ लाख बढीको सेयर कारोबार भयो । यस्तै सोपान फर्मास्युटिकल्सको १८ करोड ९० लाख, रिलायन्स स्पीनिङ मिल्सको १७ करोड २४ लाख , एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २३ लाख र बुङ्गल हाईड्रोको १३ करोड १२ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज टक्सार पिखुवाखोला र याम्बालिङ हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै लक्ष्मी उन्नती कोषको मूल्य ५.९८ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको ५.४१ र एनआईबीएल स्टेबल फण्डको मूल्य ३.८० प्रतिशतले बढ्यो ।

यो दिन बुङ्गल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १५ प्रतिशतले घटेर लोवर सर्किट लाग्यो । एपोलो हाईड्रोको सेयरमूल्य पनि आज ११.१२ प्रतिशत र सोपान फर्मास्युटिकल्सको सेयरमूल्य ७.०५ प्रतिशतले ओरालो लाग्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.