बुधबार, असार १०,२०८३ 06:03:55
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:03:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चीनको ‘लाइनशाइन’ बन्यो विश्वकै शक्तिशाली सुपरकम्प्युटर, अमेरिका दोस्रो स्थानमा

Laxmi Sunrise Bank Limited
चीनको ‘लाइनशाइन’ बन्यो विश्वकै शक्तिशाली सुपरकम्प्युटर, अमेरिका दोस्रो स्थानमा

काठमाण्डौ । चीनले विश्वको सबैभन्दा शक्तिशाली सुपरकम्प्युटरको सूचीमा पहिलो स्थान हासिल गर्दै अमेरिकालाई पछाडि पारेको छ। चीनको शेन्जेनस्थित राष्ट्रिय सुपरकम्प्युटिङ केन्द्रमा रहेको लाइनशाइन सुपरकम्प्युटरले पछिल्लो टप५०० विश्व वरीयतामा शीर्ष स्थान ओगटेको हो।

टप५०० को पछिल्लो सूचीअनुसार लाइनशाइनले २.१९८ एक्साफ्लप्स प्रदर्शन गर्दै अमेरिकी एल क्यापिटान सुपरकम्प्युटरलाई करिब २० प्रतिशतले उछिनेको छ। यससँगै सन् २०१७ पछि पहिलो पटक चीनले विश्वकै शक्तिशाली सुपरकम्प्युटरको उपाधि पुनः हासिल गरेको छ।

लाइनशाइन पूर्ण रूपमा चीनमै विकसित गरिएको प्रोसेसर र प्रविधिमा आधारित छ। हाल अधिकांश उच्च क्षमताका सुपरकम्प्युटरहरू जीपीयु(ग्राफिक्स प्रोसेसिङ युनिट) मा निर्भर रहने गरे पनि लाइनशाइनले केवल सीपीयु आधारित संरचनामार्फत यो उपलब्धि हासिल गरेको बताइएको छ।

New Office
CG Motors
Garima Development Bank

चीनले यस उपलब्धिलाई विदेशी प्रविधिमाथिको निर्भरता घटाउने तथा स्वदेशी कम्प्युटिङ इकोसिस्टम निर्माणतर्फको महत्वपूर्ण सफलता रूपमा व्याख्या गरेको छ। अमेरिकाले उन्नत चिप तथा एआई सम्बन्धी प्रविधिमा लगाएको निर्यात नियन्त्रणका बीच चीनको यो उपलब्धिलाई रणनीतिक महत्वका साथ हेरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, विज्ञहरूले टप५०० सूचीले मुख्यतः वैज्ञानिक तथा इन्जिनियरिङ गणनाको क्षमता मापन गर्ने भएकाले यसलाई प्रत्यक्ष रूपमा एआई क्षेत्रमा नेतृत्वको सूचक मान्न नहुने बताएका छन्। धेरै ठूला अमेरिकी एआई कम्पनीहरूका कम्प्युटिङ प्रणालीहरू टप५०० मूल्यांकनमा सहभागी नै नहुने भएकाले सुपरकम्प्युटिङ र एआई क्षमता फरक विषय भएको उनीहरूको भनाइ छ।

नयाँ वरीयतामा अमेरिकाको एल क्यापिटान दोस्रो स्थानमा रहेको छ भने शीर्ष पाँचभित्र अमेरिका र जर्मनीका अन्य शक्तिशाली सुपरकम्प्युटरहरू पनि समावेश छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.