शुक्रबार, असार १९,२०८३ 12:53:00
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 12:53:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल बैंक र एनसीएचएलबीच नेपालपे कार्ड प्रणाली विस्तारका लागि सम्झौता

Laxmi Sunrise Bank Limited
नेपाल बैंक र एनसीएचएलबीच नेपालपे कार्ड प्रणाली विस्तारका लागि सम्झौता

काठमाण्डौ । नेपाल बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेपालपे कार्डको प्रिन्सिपल मेम्बरसीप सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

सम्झौतापछि नेपाल बैंकले नेशनल पेमेन्ट स्विच प्रणालीमा एकीकृत भई नेपालपे कार्ड जारी गर्न तथा सो कार्ड स्वीकार गर्ने क्षमता प्राप्त गर्नेछ। यससँगै बैंकका ग्राहकले नेपालपे कार्डमार्फत देशभित्र तथा देशबाहिर पनि भुक्तानी सुविधा उपयोग गर्न सक्नेछन्।

New Office
CG Motors
Garima Development Bank

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक सञ्चालन प्रारम्भ गरेसँगै अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्डलाई विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रणालीमार्फत नेपालपे कार्ड अन्तर्राष्ट्रिय एटीएम तथा पोइन्ट अफ सेल टर्मिनलहरूमा पनि प्रयोग गर्न सकिनेछ।

त्यस्तै, रुपे लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि नेपालभित्र स्वीकार गर्न सकिने व्यवस्था विस्तार हुँदै गएको छ। नेशनल पेमेन्ट स्विच प्रणालीलाई विभिन्न कार्ड स्विचहरूबीच अन्तरआबद्धता कायम गर्ने केन्द्रीय कार्ड स्विचको रूपमा विकास गरिएको छ, जसले घरेलु कार्ड कारोबारको राउटिङ तथा सेटलमेन्ट कार्यलाई सहज बनाउनेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस प्रणालीले देशभित्रको कार्ड कारोबार लागत घटाउने, तथ्यांकको स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ र आधुनिक बनाउने अपेक्षा गरिएको छ।

हालसम्म ३५ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेशनल पेमेन्ट स्विचमा प्रिन्सिपल मेम्बरको रूपमा आवद्ध भइसकेका छन्। तीमध्ये सात बैंकले कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने दस बैंकले अधिग्रहण सेवा समेत सञ्चालन गर्दै आएका छन्। आगामी दिनमा यस संख्यामा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.