काठमाण्डौ । राष्ट्र बैंकले सार्वजनिक सवारीका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधन(ईभी) कर्जा मूल्य अनुपात सहजिकरण गर्ने भएको छ ।
राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति प्रस्तुत गर्दै सार्वजनिक सवारीका रुपमा प्रयोग हुने विद्युतीय सवारी साधन(ईभी) कर्जा मूल्य अनुपात सहजिकरण गर्ने गरी विशेष नीतिगत व्यवस्था गरिने जनाएको हो ।
यसअघि सबै खालका विद्युतीय सवारी साधनमा कर्जा मूल्य अनुपात ६०ः४० रहँदै आएको छ ।

