आर्थिक नीतिको अन्योल बढ्दा नेप्सेमा १०% सम्मको धक्का तत्कालै लाग्नसक्ने: राष्ट्रबैंकको अध्ययन
काठमाण्डौ । सरकार तथा नियामक निकायका नीतिमा अन्योल बढ्दा नेपालको सेयर बजारले तत्काल र तीव्र प्रतिक्रिया दिने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकका अनुसन्धानकर्ताले गरेको एक अध्ययनले आर्थिक नीतिगत अनिश्चितताको झट्का आउनेबित्तिकै नेप्से परिसूचक करिब ५ प्रतिशत घट्ने र त्यसको अधिकतम असर करिब १० प्रतिशतसम्म पुग्न सक्ने देखाएको हो।राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले...

