Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि

Global IME Bank Limited
बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्बले घट्यो, सीडी रेसियो स्थिर रहँदा अन्तरबैंक ब्याजदर भने वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख ९ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख ९ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन छ । वैशाख ८ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

वाणिज्य बैंकहरुको निक्षेप पनि १ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २४ अर्ब रुपैयाँ रहेको छ । वैशाख ८ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २५ अर्ब रहेको थियो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घटेको छ । वैशाख ९ गतेसम्म अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने स्थिर छ । वेशाख ८ गते ५१ खर्ब २ अर्ब रहेको कर्जा प्रवाह वैशाख ९ गतेसम्म त्यति नै छ । यस्तै सीडी रेसियो पनि स्थिर अर्थात ८०.७९ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर भने केहि बढेको छ । गत वैशाख ८ गते २.७६ प्रतिशत रहेको अन्तरबैंक ब्याजदर बढेर २.९२ प्रतिशत कायम भएको छ ।  


Nepal Investment Mega Bank Limited
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.