काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम रहेको चुक्तापूँजीको २ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको हो ।
बैंकको पुस २० गते सम्पन्न भएको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने पूर्वसहमतिका लागि राष्ट्र बैंकसमक्ष आवेदन पेश गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकबाट सहमति प्राप्त भएपश्चात बैंकको वार्षिक साधारण सभामा उक्त प्रस्ताव स्वीकृतीका लागि पेश गरिने बैंकले जनाएको छ ।

