काठमाण्डौ । बुधबार बहुमूल्य पहेँलो धातु सुनको भाउमा सामान्य गिरावट आएको छ । आजको कारोबारमा सुन ९ सय रुपैयाँले घटेको हो ।
यससँगै सुनको मूल्य लगातार चौथो दिनपनि ओरालो लागेको छ ।
यो गिरावटसँगै सुनको भाउ प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ । साताको आइतबारदेखि घट्न थालेको सुनको भाउ चार दिनको अवधिमा ३ हजार २ सय रुपैयाँले घटेको छ ।
आज १० ग्राम सुनको भाउ भने २ लाख ४६ हजार १४० रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी आज चाँदी पनि ५५ रुपैयाँले सस्तिएको छ । चाँदीको कारोबार आज प्रतितोला ४ हजार ५ सय रुपैयाँमा भईरहेको छ ।

