बिहीबार, असार २५,२०८३ 07:22:23
Bizshala
  • बिहीबार, असार २५,२०८३ 07:22:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्रे लिस्ट’ दबाबबीच सम्पत्ति शुद्धीकरण विधेयक राष्ट्रियसभाबाट पारित

Laxmi Sunrise Bank Limited
ग्रे लिस्ट’ दबाबबीच सम्पत्ति शुद्धीकरण विधेयक राष्ट्रियसभाबाट पारित

 काठमाण्डौ। राष्ट्रियसभाबाट ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको उक्त विधेयक आजको राष्ट्रियसभा बैठकले पारित गरेको हो। अध्यादेशलाई विस्थापन गर्ने उद्देश्यसहित सरकारले सो विधेयक अघि बढाएको थियो। राष्ट्रियसभाबाट पारित भएसँगै अब विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जानेछ।

New Office
CG Motors
Garima Development Bank

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफलका लागि प्रस्ताव गरेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री वाग्लेले राष्ट्रिय आवश्यकता र समयको चापलाई ध्यानमा राख्दै प्राप्त सुझावहरूलाई सरकारले गम्भीरतापूर्वक मनन गर्ने बताए।

विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य खम्बबहादुर खातीले भाग लिएका थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी तेस्रो संशोधन विधेयक, २०८३’ सहित ‘सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक, २०८३’, ‘सहकारी पहिलो संशोधन विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ माथिका समितिका प्रतिवेदन राष्ट्रियसभाको बैठकमा पेस गरेका थिए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.