• बिहीबार, भाद्र २६,२०८२ 12:55:48
Global IME Bank Limited

राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा

Hyundai Nepal
राष्ट्रियसभाको १९ सिटका लागि मतदान सुरु, चुनाव हार्नेहरु संसद छिर्ने दाउमा

काठमाण्डौ । राष्ट्रियसभाका  २० मध्ये १९ सिटका लागि निर्वाचन सुरु भएको छ । एकजनालाई भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् ।  

पूर्व निर्धारित समय ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।  

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिजशालासँग कुरा गर्दै मतदान सकिएको ३ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने गरी आवश्यक व्यवस्थापन गरिएको जानकारी दिए । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आयोगकाअनुसार चुनावी प्रतिस्पर्धामा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६÷६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मत खसाल्न पाउँछन् ।  

निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रत्येक प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसकारण महत्वपूर्ण

यसपटकको राष्ट्रिय सभा निर्वाचनलाई विशेष चासोको साथ हेरिएको छ । यस पछाडि दुईवटा कारण छन्, एउटा राष्टिय सभामा केही भेटेरान नेताहरु पनि विभिन्न दलबाट प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव हारेकाहरुले पनि भागबण्डाबाट संसदमा छिर्ने दाउ हेरेका छन्  

दोश्रो, निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले परफरमेन्स खासै राम्रो नदिएका मन्त्रीहरुको विदाई गरी नयाँलाई ल्याउनेछन् । अर्थमन्त्री समेत प्रचण्डको टार्गेटमा परेका कारण उनको बहिर्गमन र नयाँ अर्थमन्त्री आउनसक्ने अवस्थाले देशको अर्थतन्त्र, सेयर बजार, लगानीकर्ताको मनोबल लगायतमा समेत प्रभाव पर्नेछ ।  

संघीय संसदको माथिल्लो सदनको रुपमा रहेको राष्ट्रियसभाको सदस्य बन्ने व्यक्तिले मन्त्रीमण्डलमा समेत सहभागिता जनाउन पाउने भएकोले समेत चासोका साथ हेरिन्छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.